कांग्रेस सहमहामन्त्री पदमा बद्री पाण्डेको उम्मेदवारी घोषणा (भिडियाे) « Nagarik Khabar

कांग्रेस सहमहामन्त्री पदमा बद्री पाण्डेको उम्मेदवारी घोषणा (भिडियाे)



काठमाडौँ । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी नेता पाण्डेले कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका हुन् ।

सम्मेलनमा बोल्दै नेता पाण्डेले पार्टी प्रणालीमा पार्टी नसुध्रिदासम्म देश नसुध्रिने भन्दै आफूले नेतृत्व सुधार गर्दै पार्टी सुधारको अभियान चलाउने बताए।

उनले देश विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै पुराना पुस्ताको त्याग, समर्पण र बलिदानको सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा र दृष्टिकोणलाई पनि उचित संयोजन गरेर कांग्रेसलाई शक्तिशााली पार्टी बनाउनुपर्ने धारणा राखे ।

उनले कांग्रेसको सहमहामन्त्री पदमा निर्वाचित भएपछि कांग्रेसलाई सुदृढिकरण गर्दै नेपालको राजनीतिलाई समेत शुद्धिकरण गरेर देश र जनताको अपेक्षा अनुसार सुशासन, विकास र सम्वृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य रहेको बताए ।

यसअघि दुईपटक केन्द्रीय सदस्य भएका पाण्डेले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहमहामन्त्रीको उमेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: