लालबाबु पण्डितद्वारा एमाले केन्द्रीय सदस्य पद त्यागेको घोषणा « Nagarik Khabar

लालबाबु पण्डितद्वारा एमाले केन्द्रीय सदस्य पद त्यागेको घोषणा



काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताए ।

केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन् । एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए ।

ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका ह्न् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: