एमाले १०औँ महाधिवेशन : तीन पक्षबीच प्रतिस्पर्धा « Nagarik Khabar

एमाले १०औँ महाधिवेशन : तीन पक्षबीच प्रतिस्पर्धा



काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेका नेताहरूले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी गरिरहे पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर, असन्तुष्ट १० नेता पक्षधर र पूर्वमाओवादी पक्षधरबीच निर्वाचन हुने प्रष्ट देखिएको छ ।

पूर्व माओवादी पक्षधरबाट उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट, खुला केन्द्रीय सदस्यमा मणिचन्द्र थापा र प्रदेश २ क्लष्टरबाट प्रभु साह उम्मेदवार छन् भने सो समूहलाई अध्यक्ष ओली पक्षधरले बढी मात्रामा समर्थन जनाउने सम्भावना रहेको छ ।

तर, निवर्तमान अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका १० केन्द्रीय नेताहरूले ओली र माओवादी पक्षधर नेताहरू प्रस्तावित पदमा उम्मेदवार दिएकाले चुनौती थपिएको छ ।

उपाध्यक्ष थापाको स्थानमा भीम रावल तथा रायमाझी र भट्ट प्रस्तावित रहेको सचिवको स्थानमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनौती थपिएको हो । पूर्वमाओवादी खेमालाई भने ओली पक्षले समर्थन जनाउने भए पनि प्रतिनिधिले के गर्छन ? अनुमान गर्न नसकिने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: