प्रधानन्यायाधीशविरुद्ध सोमबार पनि सर्वोच्चमा प्रदर्शन (भिडियाे) « Nagarik Khabar

प्रधानन्यायाधीशविरुद्ध सोमबार पनि सर्वोच्चमा प्रदर्शन (भिडियाे)



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ ।

बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा सोमबार पनि विरोध प्रदर्शन गरेको हो । विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारमा रहेका गठबन्धन दलहरु पनि जबराले राजीनामा दिँदा भोलिका दिनमा न्यायपालिका स्वच्छ राख्न सहज हुन सक्ने निष्कर्षमा पुगेकाले तत्काल राजीनामा दिन सुझाव दिए ।

अध्यक्ष श्रेष्ठले जबराको राजीनामा बटमलाई भएकाले उनको राजीनामा पश्चात न्यायपालिमा हुनुपर्ने सुधार र हरिकृष्ण कार्कीको प्रतिवेदनका विषयमा नेपाल बारले क्रमशः निर्णयहरु गर्नुपर्ने भएकाले बारको बैठक बसेर थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

उनले नेपाल बारको आन्दोलनलाई उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासनले कमजोर पार्ने काम गरेकाले उच्च अदालका मुख्य न्यायाधीशकोमा गएर आफ्ना कुराहरु राख्ने जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: