स्क्रब टाइफसले किशोरीको अवस्था गम्भीर « Nagarik Khabar

स्क्रब टाइफसले किशोरीको अवस्था गम्भीर



खोटाङ । खोटाङमा स्क्रब टाइफस रोगले गम्भीर बिरामी परेकी किशोरीको उपचारका लागि सहयोग अभियान थालिएको छ । स्क्रब टाइफसको समस्याले गम्भीर बिरामी परेकी रावाबेँसी गाउँपालिका–१ कुभिन्डे दम्कु गैरी निवासी समिता राईको सहयोगार्थ सहयोग अभियान थालिएको हो ।

हाल सरस्वती मावि दिक्तेलमा कक्षा १२ मा अध्ययनरत किशोरीको उपचारका लागि ‘समिता राई बचाऔं’ अभियान थालिएको आफन्त टीकाराम राईले बताए ।

स्क्रब टाइफस रोगले १६ कात्तिकदेखि बिरामी परेकी समिताको २३ कात्तिकदेखि काठमाडौँस्थित अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । उपचार गर्नेक्रममा ६ लाख खर्च भइसकेको तथा उपचार गर्न सक्ने आर्थिक अवस्था नभएकाले समिता बचाऔँ सहयोग अभियान थालिएको हो ।

समिताको सहयोगका लागि उनकै दिदी संगीता राईलाई ९८१६७७३७८२ मा फोन गरेर वा ग्लोबल आइएमई बैंकको खाता नम्बर एफ ९०७०१०००११३३ मा रकम जम्मा गरेर सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: