उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत « Nagarik Khabar

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत



काठमाडौँ । नेकपा (एमाले)को चितवनमा जारी १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगाणना भइरहेको छ ।

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेकी अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छन् । उनले हालसम्म १ हजार ९७६ मत पाएकी छन् ।

यस्तै, दोस्रोमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा‘बादल’ले १ हजार ७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत पाएका छन् ।

मत परिणाम गन्ने काम लगभग सकिएको छ। केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: