थप २५५ जनामा संक्रमण पुष्टि, २५६ जना काेराेनामुक्त « Nagarik Khabar

थप २५५ जनामा संक्रमण पुष्टि, २५६ जना काेराेनामुक्त



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३२९ आरटी पिसिआर र २ हजार १४० एन्टिजेन गरी कुल ६ हजार ४६९ जनामा परीक्षण गरिएकोमा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ९३१ जना संक्रिय संक्रमित छन् ।  हाल ६ हजार ५८९ जना हाेम आइसोलेसनमा र ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १११ जना आइसियू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मंगलबार  देशभरबाट २५६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: