त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन « Nagarik Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालनमा आएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक टर्मिनल स्टेसनमा सटल बस र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम कक्षको शुभारम्भ गरेका छन् ।

हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्डेन गेटसम्म यात्रुलाई निःशुल्क सेवा दिने मन्त्री आलेले जानकारी दिए ।

त्यस्तै, गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारका लागि विमानस्थलमा आराम गर्नका लागि विश्राम गर्न कक्ष निर्माण गरिएको उनले बताए । मन्त्री आलले आफूले मन्त्रीको जिम्मेवारीमा रहुन्जेलसम्म विमानस्थलमा सुधारउन्मुख कार्य गर्ने प्रतिबद्धता जनाए ।

विश्राम कक्षमा वैदेशिक रोजगारमा जाने श्रमिकका लागि विभिन्न सुविधान उपलब्ध गराइएको छ । त्यस्तै कक्षमा विमानस्थलभित्र कुनै समस्या परे गुनासो गर्नका लागि पर्यटन मन्त्रालय र बिमानस्थलको हटलाइन नम्बर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: