२४ घन्टामा थपिए ३१६ संक्रमित, २५९ जना काेराेनामुक्त « Nagarik Khabar

२४ घन्टामा थपिए ३१६ संक्रमित, २५९ जना काेराेनामुक्त



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३१६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ९१९ आरटी पिसिआर र १ हजार ८०८ एन्टिजेन गरी कुल १२ हजार ७२७ जनामा परीक्षण गरिएकोमा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ९५४ जना संक्रिय संक्रमित छन् ।  हाल ६ हजार ६१० जना हाेम आइसोलेसनमा र ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १२० जना आइसियू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बुधबार  देशभरबाट २५९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: