प्रचण्ड गृहनगर चितवनमा, यस्ता छन् शनिवार दिनभरका कार्यक्रम « Nagarik Khabar

प्रचण्ड गृहनगर चितवनमा, यस्ता छन् शनिवार दिनभरका कार्यक्रम



चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार गृहनगर चितवन पुगेका छन् । दिउँसो ४ बजे चितवन पुगेका अध्यक्ष प्रचण्ड शनिवार दिनभर भरतपुरमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड शनिवार बिहान ७ बजे चौविसकोठीस्थित यातायात कार्यालयमा लाइसेन्स नविकरण दर्ता कार्यको शुरुवात गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि उनले दिव्यनगरमा खानेपानी आयोजनाको बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १२ बजे भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनको कार्यक्रम रहेको छ भने अपाङ्गता संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड भोलि नै काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: