लिङ्देनलाई हिमानी शाहले भनिन्- ‘मुलुकले सच्चा राष्ट्रवादी नेता पायो बधाई’ « Nagarik Khabar

लिङ्देनलाई हिमानी शाहले भनिन्- ‘मुलुकले सच्चा राष्ट्रवादी नेता पायो बधाई’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा नेता राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । यसबीच उनलाई बधाई दिनेहरुको ओइरो छ । यस्तै पूर्वराज ज्ञानेन्द्र शाहको छोराबुहारी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पनि लिङ्देनलाई बधाई दिएकी छन् ।

सोमबार बिहान ८ः४२ बजे हिमानीले राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताएकी छन् ।

हिमानी ट्रष्टको अध्यक्ष उल्लेख गरिएको हिमानी शाह ट्वीटर ह्याण्डलमा आइतबार बिहान ८ः४२ बजे ट्वीट गरिएको थियो ‘अवसरबाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।’

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: