अहिलेसम्मकै उच्चकोटीको स्मार्टफोन ल्याउँदै सामसुङ , यस्ता छन् यसका फिचर « Nagarik Khabar

अहिलेसम्मकै उच्चकोटीको स्मार्टफोन ल्याउँदै सामसुङ , यस्ता छन् यसका फिचर



एजेन्सी । सामसुङले आउँदो नयाँ वर्षमा नयाँ स्माटफोन लञ्च गर्ने भएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा ( Galaxy S22 Ultra ) नाममा सामसुङले नयाँ स्मार्टफोन ल्याउन लागेको हो । स्पिस्टर आइएस युनिभर्सका अनुसार सामसुङले आउँदो फेब्रुअरी ८ मा यसको आधिकारिक घोषणा गर्ने भएको हो । Galaxy S22 Ultra को डिस्प्ले आगामी फ्यागसिप फोन सिरिजको टप मोडल सामसुङले बनाएको अहिलेसम्म कै सबैभन्दा गतिलो डिस्प्ले हो ।

अहिले ग्यालेक्सीको एस २१ मेडल अल्ट्रा पीक ब्राइटको १५०० निट्समा रहेको छ । ग्लालेक्सी एस २२ अल्ट्रामा १०८ मेघापिक्सेलको मुख्य क्यामेरा, १० र १२ मेघापिक्सेलका रेयर क्यामेरा रहेको छ । मुख्य क्यामेरा सेन्सर मोडल सामसुङको एचएम ३ सेन्सर हो । यसमा १/१.३३ इन्चको अल्ट्रा–लार्ज बटम र f/1.8  को अपर्चर छ ।

सामसुङलाई प्राप्त पछिल्लो सुझाब अनुसार ग्यालेक्सी एस २२ अल्ट्रमा ग्यालेक्सी एस २१ अल्ट्रामा डुवल १० मेघापिक्सेल टेलिफोटो क्यामेरा सेटअप गर्ने आशा गरिएको छ । यस मध्ये एक लेन्स पेरिस्कोप लेन्स हुने छ जुन १० एक्स अप्टिकल जुम रहने विश्वास गरिएको छ ।

क्वालकमले हालै स्न्यापड्रागन ८ जेन १ को घोषणा गरे अनुरुप उसको चिपसेटद्वारा सञ्चालित फ्लायगसिप लञ्च गर्ने पहिलो कम्पनी कुन होला भन्ने कौतुहलता रहेको थियो । यस्तोमा पहिलो कम्पनी चीनको स्मार्टफोन साओमी बनेको छ । उसले यो महिनाको अन्त्यमा साओमी १२ लञ्च गर्ने भएको छ । यसले स्न्यापड्रागन ८ जेन १ सञ्चालित मोडलका रुपमा आउने पहिलो स्मार्टफोन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: