च्याम्पियन लिग : युभेन्ट्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश « Nagarik Khabar

च्याम्पियन लिग : युभेन्ट्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश



काठमाडौँ । साविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।

समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटर फाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १–० ले पराजित गर्‍यो । घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो ।

समूहको अर्को खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३–३ गोल अन्तरमा रोकियो ।

चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे ।

जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: