राप्रपा अध्यक्ष लिङ्देनले गरे केन्द्रीय सदस्यमा ३१ जना मनोनित « Nagarik Khabar

राप्रपा अध्यक्ष लिङ्देनले गरे केन्द्रीय सदस्यमा ३१ जना मनोनित



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गरेका छन् । मंगलबार अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमिति सदस्यमा मानोनित गरेका हुन् ।

मनोनित केन्द्रीय सदस्यमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्राडा.गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहनकुमार श्रेष्ठ छन् ।

यसैगरी, झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, रामप्रताप साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट र नवीन शाह मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: