माओवादी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित, सबै कार्यक्रम स्थगित « Nagarik Khabar

माओवादी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित, सबै कार्यक्रम स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

यस बीचमा अध्यक्ष प्रचण्डसंगको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन सचिवालयले अनुरोध गरेको छ ।

अध्यक्ष प्रचण्ड डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी प्रचण्डको निजी सचिवालयले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: