एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि « Nagarik Khabar

एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रमा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।

त्यस्तै थप २ सय २४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: