एमाले सुर्खेतको अध्यक्षमा बिसी निर्वाचित « Nagarik Khabar

एमाले सुर्खेतको अध्यक्षमा बिसी निर्वाचित



सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार खसेको ६४९ कुल मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: