गायिका लता मंगेशकर कोरोना संक्रमित, अस्पताल भर्ना « Nagarik Khabar

गायिका लता मंगेशकर कोरोना संक्रमित, अस्पताल भर्ना



एजेन्सी । भारतकी विश्वप्रख्यात गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो । ९२ वर्षकी लतालाई मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनमा निमोनियाको संकेत देखिएको बताइन्छ । लगत्तै अस्पतालमा भर्ना गरेर हिजोदेखि उपचार थालिएको समाचारमा जनाइएको छ ।

आईसीयुमा राखेर उपचार सुरु गरिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको परिवार र अस्पताललाई उद्धृत भारतीय सञ्चार माध्यम इण्डिया टुडेले जनाएको छ ।

सात दशकभन्दा बढी समयमा उनले २५ हजारभन्दा बढी गीत गाएकी छन् । उनका अधिकांश गीत भारतीय उपमहाद्विपमा कालजयी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: