एमाले अधिवेशन अपडेट : ५८ जिल्लामा नेतृत्व चयन, को कहाँ (सूचीसहित) « Nagarik Khabar

एमाले अधिवेशन अपडेट : ५८ जिल्लामा नेतृत्व चयन, को कहाँ (सूचीसहित)



काठमाडौँ । नेकपा (एमाले) जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते उद्घाटन गरेको अधिवेशनअन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ ।

हालसम्म ७७ मध्ये ५८ जिल्लाको परिणाम आएको छ । सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भए पनि बन्दसत्र अझै सुरु भएको छैन ।

अधिकांश स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ । बुधबार बिहानसम्म ५६ जिल्ला र दुईगैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो ।

यी हुन् हालसम्म निर्वाचित जिल्लाका अध्यक्षः
प्रदेश १
झापा – दिपक कार्की
मोरङ – ऋषिकेश पोखरेल
खोटाङ – रामप्रसाद दंगाल
धनकुटा – ईन्द्रमणि पराजुली
तेह्रथुम – तेजमान कन्दङ्वा
पाँचथर – राजकुमार भण्डारी
भोजपुर – शरण राई
इलाम – महेश बस्नेत
सोलुखुम्बु – डुफकुमार बास्तोला
उदयपुर – प्रमेश्वर राई
ओखलढुंगा – शंकर कटुवाल
ताप्लेजुङ – भुपेन्द्रबहादुर थेबे

प्रदेश २
सप्तरी – ताराकान्त चौधरी
सिरहा – बिन्देश्वर मण्डल

बागमती
धादिङ – भूमि त्रिपाठी
काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
भक्तपुर – बचन देउजा
रसुवा – कर्णेल तामाङ
सिन्धुली – कुमारबहादुर कार्की
रामेछाप – आनन्दकुमार श्रेष्ठ
नुवाकोट – बद्री मैनाली
मकवानपुर – एकलाल श्रेष्ठ
काठमाडौँ – दीपक निरौला
ललितपुर – पुरुषोतम आचार्य
दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी
गोरखा – प्रेम गुरुङ
तनहुँ – श्रीप्रसाद श्रेष्ठ
म्याग्दी – देवेन्द्र केसी
लमजुङ – कृष्णप्रसाद अधिकारी
बागलुङ – हिराबहादुर केसी
पर्वत – राजु पौडेल
नवलपुर – मुक्ति पाण्ड
स्याङ्जा – सूर्यप्रसाद गैरे
कास्की – मनबहादुर गुरुङ

लुम्बिनी
पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाँची – पिताम्बर भुसाल
बाँके – किस्मतकुमार कक्षपति
बर्दिया – लालबहादुर श्रेष्ठ
दाङ – हुकुमबहादुर बस्नेत
रुपन्देही – तेजेन्द्र केसी
कपिलवस्तु – डम्बरबहादुर शर्मा
नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
प्युठान – विजयविराज विष्ट

कर्णाली
डोल्पा – शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर
जुम्ला – शान्तिलाल महत
रुकुम – नन्दराम देवकोटा
जाजरकोट – खिमबहादुर शाही
सुर्खेत – अमृत बिसी

सुदूरपश्चिम
डडेल्धुरा – प्रकाश साउद
बैतडी – सुरेन्द्र पाल
डोटी – चक्र मल्ल
कैलाली – रतन थापा
दार्चुला – प्रेमसिंह धामी
बाजुरा – कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला
मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
पेसागत विशेष – उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: