एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित « Nagarik Khabar

एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित



लमजुङ । नेकपा (एमाले) जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् ।

२३ देखि २६ पुससम्म भएको अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । यस्तै, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका छन् । चार जनाबीच भएको उपसचिवको निर्वाचनमा भने जितबहादुर गुरुङ र जनकराज मिश्र निर्वाचित भएका छन् । साथै ९० जनाको जिल्ला कमिटीमा ३१ जना महिला समेत निर्वाचित भएका छन् ।

एमालेको आठौँ जिल्ला अधिवेशन निर्वाचन कमिटीले मत परिणाम घोषणापश्चात प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन कमिटीका निर्वाचन अधिकृत विमल अधिकारीका अनुसार पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका संयोजक एवं गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले खादा लगाइदिएका थिए । निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र वितरणलगत्तै अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले सपथ खुवाएका थिए । अध्यक्ष अधिकारीले अरु निर्वाचित पदाधिकारीलाई शपथ खुवाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले पार्टीलाई अझ मजबुत र सशक्त बनाउने जिम्मा नयाँ नेतृत्वको रहेको र जिम्मेवारी पूरा गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टीलाई बलियो र मजबुत बनाउन लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: