गाईलाई चश्मा लगाउँदा किसान मालामाल, कारण यस्तो « Nagarik Khabar

गाईलाई चश्मा लगाउँदा किसान मालामाल, कारण यस्तो



एजेन्सी । गाई–भैंसी पाल्ने किसानको चाहना भनेकै राम्रो खाएर धेरै दुध देओस् भन्ने हुन्छ । धेरै दुध दिने गाई–भैंसीको मूल्य नै लाखौं हुन्छ । पैसा भएका किसानहरु राम्रा जातका गाई–भैंसीका लागि त्यति खर्च गर्न तयार पनि हुन्छन् । तर, गरीबहरु यति पैसा तिर्ने हैसियतका हुन्नन् ।

टर्कीका एक किसानले भने त्यसका लागि हाइटेक उपाय अपनाएका छन् । उनले आफ्नो गाईलाई पनि हाइफाइ बनाएका छन् । अब उनले आफ्नो गाईलाई घरमै बाँधिदिएर राम्रो खुराक दिइरहेका छन् । यति मात्र होइन, उनले उक्त गाईलाई ठूलो मैदान वा खेतमा चरिरहेको महशुस गराउन सफल भएका छन् । गाईले ठूला मैदानमा चरेको महशुस गरी उनलाई धेरै दुध दिने गरेको बताइएको छ ।

किसानले आफ्ना गाईहरुलाई भर्चुअल रियालिटी (VR) युक्त चश्मा लगाइएदिएका छन् । यसले गर्दा गाईहरुलाई खुला चौरमा चरिरहेको भान हुन्छ । अक्साराय शहरमा बसोबास गर्ने किसान इज्जत कोकाकले भीआरको हेडसेट लगाइदिएका छन् । अध्ययनले पनि गाईहरुले सुखद् दृष्य देखे राम्रो दुध दिने बताइएको छ ।

उनले ‘द सन’लाई भीआर चश्माको प्रयोगले राम्रो परिणाम दिएको र दुधको उत्पादन २२ लिटरबाट बढेर २७ लिटर प्रतिदिन भएको बताएका छन् ।

उनले भीआर मार्फत हरियो चरण देख्ने र त्यसले गाईहरुमा इमोशनल बुस्ट दिनुका साथै अब ती कम तनावमा रहने गरेको बताए । उनको गाईगोठमा खिचेका तस्विरहरु सार्वजनिक पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: