घुम्टे युवा परिवार जापान शाखाको अध्यक्षमा थापा चयन « Nagarik Khabar

घुम्टे युवा परिवार जापान शाखाको अध्यक्षमा थापा चयन



  • थम्मन थापा

बागलुङ । गलकोट नगरपालिका–७ मल्मबाट रोजगार र अध्ययनको सिलसिलामा जापानमा रहेका मल्मबासीको साझा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

टोकियोको सिन ओकुवोमा सम्पन्न अधिवेशनले दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त थापा, अरुणा थापा, सचिवमा तुलवीर थापा सहसचिवमा गंगा थापा, बाबुराम थापा, कोषाध्यक्षमा विष्णु थापा, सहकोषाध्यक्षमा दीपक कार्की र पतिराम थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक खगराज गौतमले जानकारी दिए ।

समितिको सदस्यहरूमा मनोज थापा, नवीन खड्का, देवि चोख़ाल, मिठु थापा, देव खड्का, हरिसिंह केसी, जीवन खड्का, गगन थापा, यम थापा, प्रकाश थापा, दीपक चोखाल, कृष्ण खत्री, प्रकाश कार्की, महेन्द्र थापा, कृष्ण केसी, दिनेश गौतम र कृष्ण खड्का रहेका छन् । सो अवसरमा खेल संयोजकमा मनोज केसी, सहसंयोजकमा पदम थापा र युवा संयोजकमा प्रकाश केसी र महिला संयोजकमा कल्पना खड्का चयन गरिएको छ ।

कार्यक्रमको उदघाटन गर्दै संस्थाका संरक्षक तथा प्रवास समन्वय समिति पूर्वी एसियाका संयोजक हर्क थापाले सामाजिक एकता, सदभावसहित खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले स्थानिय स्तरमा समाज परिवर्तन र विकासमा मुख्य भूमिका खेलेकोले अब जन्मभूमि र कर्मभूमिमा रहेका मल्मबासी नागरिकले नमुना कार्यहरु प्रस्तुत गर्नुपर्ने बताए ।

त्यस्तै, सामाजिक अभियन्ता एवं गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष कालिका थापाले शाखाले मानवीय स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा खुसी व्यक्त गरिन् । उनले समाज रूपान्तरणको क्षेत्रमा संस्थाले सकरात्मक भुमिका निर्वाह गर्नुपर्ने बताइन् ।

सो अवसरमा संस्थाको केन्द्रीय समितिका पूर्वउपाध्यक्ष विकास खडका सुन्दर, पूर्व सह सचिव खगराज गौतम, गलकोट समाज जापान नागोया क्षेत्रीय समितिका अध्यक्ष रामुकाजी थापा, शिक्षाप्रेमी प्रदिप थापा र पूर्वखेलाडी कृष्ण थापाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले संस्थाको अवधारणा सहित कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने शाखाका सचिव दिनेश थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष संग्राम साहानीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

घुम्टे युवा परिवार जापान शाखाले स्थापनाको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, खेलकुद, मानवीय सेवालगायतका क्षेत्रमा झन्डै १ करोड बराबरको कार्य गरेको छ । अधिवेशनमा जापान शाखालाई विभिन्न क्षेत्र र अभियानमा रचनात्मक सहयोग र योगदान गरेका महानुभावलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: