ललिता निवास प्रकरणमा भीम रावलको आशंका : मुद्दा फासफुस गर्ने चाल त होइन ? « Nagarik Khabar

ललिता निवास प्रकरणमा भीम रावलको आशंका : मुद्दा फासफुस गर्ने चाल त होइन ?



काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गरेका छन् ।

प्रहरी अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको मुद्दा प्रहरीलाई नै फिर्ता गर्नु मुद्दा फासफुस पार्ने चाल हुन सक्ने शंक उनले व्यक्त गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत् एमाले नेता रावलले ललिता निवासको जग्गा प्रकरणबारे सरकार र सरकारी वकिलले खुलस्त पार्नुपर्ने माग गरेका हुन् ।

“प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ?,” उनले भनेका छन्, “अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: