धादिङको रुबीभ्यालीमा पहिरो, तीनजना बेपत्ता, उद्दारका लागि प्रहरी हेलिकप्टरबाट पुग्दै (भिडियो) « Nagarik Khabar

धादिङको रुबीभ्यालीमा पहिरो, तीनजना बेपत्ता, उद्दारका लागि प्रहरी हेलिकप्टरबाट पुग्दै (भिडियो)



काठमाडौं । धादिङको पहिरोमा परेर बेपत्ता भएकाहरुको लागि खोजी कार्य गर्नको लागि सशस्त्र प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको छ । रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको लागि खोजी कार्य गर्नको लागि हेलिकप्टरबाट टोली घटनास्थल प्रस्थान गरेको हो ।

धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खसेर पुरिंदा डोजर चालक, सहचालक र एकजना स्थानीय बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।

भिडियो स्रोत : सारंगी नेपाल

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: