कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ « Nagarik Khabar

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ



काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ। प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका–७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ। मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: