तमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता « Nagarik Khabar

तमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता



फेदीखोला । तमू आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा कविता प्रतियोगिता आयोजना गरिएको छ । तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदीखोलाको आयोजनामा भएको प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका छन् ।

फेदिखोला गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरु कक्षा ८ देखि १२ सम्मका छात्रछात्राहरुबीच प्रतियोगिता आयोजना गरिएको हो ।

फेदीखोला गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा दुई समूहमा विभाजित गरी प्रतियोगिता गरिएको थियो । नेपाली भाषा र गुरुङ भाषामा प्रतियोगिता गरिएको थियो ।

नेपाली भाषातर्फ सिद्धार्थ माविका रश्मी केसी र गुरुङ भाषातर्फत सिद्धार्थ माविकै रवि गुरुङ प्रथम भएका छन् ।

१. नेपाली भाषातर्फ
प्रथम – रश्मी केसी। ,सिद्धार्थ मावि
द्वित्तीय – सुजता गुरुङ, दामगाडे मवि
तृतीय – दिपेश क्षेत्री, चण्डीडाँडा मावि
सान्त्वना – अमृता पौडेल, सिद्धार्थ मावि
सान्त्वना – सुजता लामिछाने, कालाभैरव मावि
सान्त्वना – प्रतिज्ञा पोख्रेल, न्यू चण्डिकालिका इ. बोर्डिङ स्कुल
सान्त्वना – सन्जिता परियार, लिटिल फ्लावर इ. बोर्डिङ स्कुल

२. गुरुङ भाषातर्फ
प्रथम – रवि गुरुङ, सिद्धार्थ मावि
द्वितीय – नरकुमारी गुरुङ, चण्डीडाँडा मावि
तृतीय – यमकुमारी गुरुङ, शितला मावि

विजयीहरुलाई माघ ११ गते आयोजना गरिउने कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रथम हुनेलाई ५ हजार, द्वित्तीय हुनेलाई ३ हजार र तृत्तीय हुनेलाई २ हजार र सान्त्वना पुरस्कार १–१ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: