बेलायतको संसद्‌मा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निष्कर्ष « Nagarik Khabar

बेलायतको संसद्‌मा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निष्कर्ष



लन्डन । संसद् सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआइफाइभले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ गरेको भन्दै एमआइफाइभले उनको तस्बिर सार्वजनिक गरेको छ ।

हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसद्हरुलाई वित्तीय सहयोग प्रदान गरेको एमआइफाइभले जनाएको छ । लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसद्का सबै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ ।

लन्डनस्थित चिनियाँ दूतावासले भने ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसद्‌मा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन् । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौँ,’ दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: