दलहरुलाई आयोगको प्रस्तावः माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ « Nagarik Khabar

दलहरुलाई आयोगको प्रस्तावः माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति माघ पहिलो हप्ताभित्र घोषणा हुनुपर्ने राजनीतिक दलहरुलाई आग्रह गरेको छ । माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बतएका हुन् ।

आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको प्रवक्ता पौडेलको भनाई छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: