काठमाडौँ उपत्यकामा थप २६०७ जनामा कोरोना पुष्टि « Nagarik Khabar

काठमाडौँ उपत्यकामा थप २६०७ जनामा कोरोना पुष्टि



काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १ हजार ९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेको छ । जसमध्ये काठमाडाैँ ७ हजार ६२५, ललितपुरमा १ हजार ९३५ र भक्तपुरमा १ हजार २५१ जना संक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: