काठमाडौं । पछिल्लो कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० पुग्नेमा चितवन र कैलाली पनि थपिएका छन् । यी जिल्ला सहित ५०० भन्दा बढी कोरोना भाइरसबाट सक्रिय संक्रमित हुने जिल्लाको संख्या ८ पुगेको छ । शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो ।
शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका हुन् । राजधानी काठमाडौंमा अहिलेसम्म ९ हजारभन्दा बढी कोरोना संक्रमित पाइएको छ द्धने ललितपुर र भक्तपुरमा क्रमशः २ हजार र १ हजार नाघेका छन् ।