मधेस प्रदेशलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा बधाई ज्ञापन « Nagarik Khabar

मधेस प्रदेशलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा बधाई ज्ञापन



काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश–२ को नामाकरण र राजधानी कायम हुन सकेकोमा खुसी ब्यक्त गरेका छन । प्रदेशको नामाकरण र राजधानी आफ्नो पार्टीको मुद्धा अनुसार कायम भएको भन्दै अध्यक्ष प्रचण्डले खुसी ब्यक्त गर्दै बधाइ दिएका हुन ।

आज एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नामाकरण माओवादीले उठाउदै आएको पहिचानसहितको संघियताको मर्म अनुसार भएको प्रतिक्रिया दिएका छन । यस अवसरमा उनले प्रदेश–२ का सांसदहरु र आम जनताहरुमा बधाइसहितको ज्ञापन गरेका छन् ।

सोमबार प्रदेशसभामा प्रदेश–२ को नाम र राजधानी टुङ्गो लगाउन निर्वाचन भएको थियो । जसमा प्रदेशको नाममा मधेस र प्रदेश राजधानी जनकपुरमा राख्ने पक्षमा दुईतिहाइ मत परेको थियो । सो मतदानको परिणामसँगै प्रदेश को नाम मधेस र स्थायी राजधानी जनकपुर कायम भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ– ‘हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं, २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम रराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: