युभेन्ट्सको सहज जित « Nagarik Khabar

युभेन्ट्सको सहज जित



काठमाडौँ । सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ ।

मंगलबार राति टुरिनस्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४–१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १–१ गोल गरे । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।

खेलको २५औँ मिनेटमा जुआनले सुरुवाती अग्रता दिलाए । रुगानीले ५२औँ मिनेटमा अग्रता २–० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २–१ मा झारे । तर, स्टार खेलाडी डिबलाले ६७औँ मिनेटमा गोल गर्दै सहज जिततर्फ डोर्‍याए । पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७औँ मिनेटमा चौथो गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: