प्रचण्डको प्रस्तावमा प्रतिपक्षी एमाले महासचिवको व्यङ्ग्य « Nagarik Khabar

प्रचण्डको प्रस्तावमा प्रतिपक्षी एमाले महासचिवको व्यङ्ग्य



काठमाडौं । स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा (एमाले) महासचिव शंकर पोखरेलले व्यङ्ग्य गरेका छन् ।

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टि हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।

सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ?’ भन्दै सामाजिक सञ्जालबाट व्यङ्ग्य हानेका हुन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: