राधिका शाक्य कोभिड संक्रमित छैनन्ः एमाले « Nagarik Khabar

राधिका शाक्य कोभिड संक्रमित छैनन्ः एमाले



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य कोरोना भाइरस संक्रमित नभएको नेकपा (एमाले)ले जनाएको छ । अध्यक्ष ओली कोरोना संक्रमित भएपछि उनकी पत्नी पनि भइन् भन्दै केही सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सूचना प्रकाशित गर्दै त्यसो नगर्न आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं ।’

यता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता दाहाललाई कोरोना संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनअघि संक्रमित प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा कुनै समस्या नआएको परिवारले जनाएको छ ।

त्यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा पनि संक्रमित भई काममा फर्केका छैनन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि केही दिन अघि मात्र नेगेटिभ रिपोर्ट आएपछि गठबन्धनको छलफलमा सहभागी हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: