स्वदेश फर्किएका अनन्तले भने, नयाँ जीवन पाएर फर्किएँ « Nagarik Khabar

स्वदेश फर्किएका अनन्तले भने, नयाँ जीवन पाएर फर्किएँ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ छिमेकी राष्ट्र चीनमा उपचार गरी स्वदेश फर्किएका छन् । सोमबार राति त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको बताए । उनले महाधिवेशनबाट चुनिएको अध्यक्ष प्रचण्डको नेतृत्वको नयाँ केन्द्रीय समितिले पार्टी जीवनमा पनि नयाँ जोश र जाँगर पैदा भएको बताए ।

पार्टीमा समझदारीबाट नेतृत्व चयन हुने उनले बताए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक नेता अनन्तको आगमन कुर्दै पटकपटक सर्दै आएको छ ।

नेता अनन्तको आगमन पश्चात केन्द्रीय समितिको बैठक बसी पार्टीका अन्य पदाधिकारीहरु चयन गर्ने बताइएको छ । नेता अनन्त कलेजो सम्बन्धी रोगको उपचारको सिलसिलामा थाइल्याण्ड हुँदै चीन पुगेका थिए । लामो समयको उपचार पश्चात उनी सोमबार राति कार्गो विमानमार्फत स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: