पार्टी महासचिवमा मेराे दाबी स्वभाविक : पुन « Nagarik Khabar

पार्टी महासचिवमा मेराे दाबी स्वभाविक : पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।

झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् ।

यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए  ।

केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ । 

पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’ यस्तै नेता अनन्तले आफू बैंककबाट चीन लैजाँदा अचेत अवस्थामा रहेको बताएका छन् । नेता पुनले बैंककबाट चीनमा लैजाँदा ३/४ दिनपछि मात्रै होस आएको बताए । पुन चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किएका हुन्।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन पुसर २० गते मंगलबार अपराह्न सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्। २२ गते फेरी अस्पताल पुगेका उनलाई चिकित्सकहरुले राम्रो सुधार भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: