क्यामरुनको रंगशालामा भागदौड, ६ को मृत्यु « Nagarik Khabar

क्यामरुनको रंगशालामा भागदौड, ६ को मृत्यु



एजेन्सी । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दाबढी घाईते भएका छन् ।

सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि त्यहाँ भागदौड मच्चिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ ।

अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: