काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ।
यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित भएको थियो।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि आज पुनः खोप लगाउने कार्यक्रम सुरु गर्न लागिएकाो अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार आज बिहान १० बजेबाट नियमित खोप कार्यक्रम सुरु हुनेछ ।