माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण « Nagarik Khabar

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण



महोत्तरी । माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए। एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन्।

यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: