स्थानीय निर्वाचनबारे राष्ट्रपतिको चासो, संसद्‌को अवरोध हटाउन पहल गरिदिन देउवाको आग्रह « Nagarik Khabar

स्थानीय निर्वाचनबारे राष्ट्रपतिको चासो, संसद्‌को अवरोध हटाउन पहल गरिदिन देउवाको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधामन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतलनिवास पुगेका थिए ।

सो भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन समयमै गराउन प्रधानमन्त्री देउवालाई आग्रह गरेकी छन् । स्थानीय निर्वाचनको मितिबारे चासो लिँदै समयमै निर्वाचन गर्न आग्रह उनले गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार राष्ट्रपति भण्डारीले अन्य निर्वाचनहरू पनि संविधान अनुसार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन् ।

प्रधानमन्त्री देउवाले समयमै निर्वाचन हुने र संविधान अुनसार सरकारले मिति घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचनका विषयमा अन्य दलहरूसँग पनि छलफल भइरहेको उनले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाले संसद्को अवरोध खोल्ने बारेमा आफूले पहल गरेको जानकारी दिँदै थप पहल गरिदिन राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् । निरन्तर संसद् अवरोध हुँदा सरकारको काममा पनि असर परेको उनले राष्ट्रपतिलाई सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: