सरकारविरुद्ध युवा संघले गर्यो देशैभर प्रदर्शन « Nagarik Khabar

सरकारविरुद्ध युवा संघले गर्यो देशैभर प्रदर्शन



काठमाडौं । पाँच दलीय गठबन्धनको ‘जनविरोधी’ गतिविधिविरुद्ध राष्ट्रिय युवा संघ नेपालले देशैभर विरोध प्रदर्शन गरेका छन् ।

सरकार स्थानीय तहको निर्वाचन घोषणा गर्न आनाकानी गरिरहेको भन्दै हिंसा भड्काउने मन्त्रीलाई सरकारमा सहभागी गराइरहेको विरोधमा युवा संघले विरोध प्रदर्शन गरेका हुने ।

युवा संघले विगत एक साताबाट नियमित विरोध प्रदर्शन गर्दै आएका छन् । पुत्ला दहन, विरोध प्रदर्शन लगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।

आज झापा, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, कालिकोट लगायत देशैभर युवा संघले ‘मापसे’ सरकारविरुद्ध प्रदर्शन गरेको युवा संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिए ।

प्रदर्शनकारीहरुले मापशे सरकार मुर्दावाद, मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: