नाक मात्र छोप्ने मास्क, यसका फाइदा यस्ता « Nagarik Khabar

नाक मात्र छोप्ने मास्क, यसका फाइदा यस्ता



एजेन्सी । पछिल्ला दुई वर्षभन्दा बढी समयदेखि कोरोना भाइरसका कारण संसारमा आतंक मच्चाइरहेको छ । अहिलेसम्म लाखौं मानिस कोरोनाका कारण मृत्युको शिकार भइसेका छन् । कोरोनाबाट बच्नका लागि मास्क अब हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । तपाईं घरमा रहनुहोस् वा बाहिर निस्किनुहोस् तपाईंका साथमा मास्क हुन जरुरी भएको छ ।

मास्क धेरै लगाएका कारण मानिस विभिन्न रोगका शिकार पनि नभएका होइनन् । कतिपय मानिस धेरै समयसम्म मास्क लगाएका कारण श्वास सम्बन्धी रोगको शिकार भएका छन् । मास्क लगाउँदा मानिसले विभिन्न प्रकारका कठिनाई पनि व्यहोर्नु परेको छ । खाना खानका लागि मानिसले मास्क खोल्नु परेको समस्यालाई लिएर दक्षिण कोरियाली एक कम्पनीले एउटा अनौठो मास्क बनाएको छ । यो अनौठो मास्कले आफ्नो अनौठोपनका कारण धेरै तिरबाट चर्चा कमाइरहेको छ ।

दक्षिण कोरियाको कम्पनी एटमनले यो अनौठो मास्क बनाएको हो । यो मास्कले मात्र नाकलाई छोप्ने भएकाले यसलाई अनौठो मानिएको हो । यसैकारण यसको नाम कोस्क राखिएको पनि हो । यसको विशेषता भनेकै यसको दोहोरो कार्य नै हो । यसले मुख र नाक पनि छोप्छ र यसलाई पट्याएर नाकमा मात्र सिमित गर्न पनि सकिन्छ ।

यसको यही अनौठो स्टाइलको कारण नै यसलाई खाना–पिउने कार्यका लािग धेरै उपयोगी मानिएको हो । यो मास्क श्वास लिन गाह्रो हुनेहरुका लागि पनि उपयोगी मानिएको छ ।

यो मास्क अनलाई खरिद गर्नेहरुका लागि पनि उपलब्ध गराइएको बताइएको छ । यो मास्कले ०.३ माइत्रलोन कणलाई ८० प्रतिशतसम्म छान्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: