कोरोनाको महामारीले मानिसको व्यवहार यसरी बदलियो « Nagarik Khabar

कोरोनाको महामारीले मानिसको व्यवहार यसरी बदलियो



एजेन्सी । कोरोना महामारीले संसारभर मानिसको जीवन नै बदलिदिएको छ । यसको असर सबैभन्दा धेरै अमेरिकामा भएको बताइएको छ ।
एक वेभसाइट वीवनले एक सर्वेको रिपोर्टलाई सार्वजनिक गर्दै यस्तो जनाइएको हो । आजभोलि मेडिकल भाषामा जर्माफोब्स् धेरै नै चलेको शब्द हो । यसमा कुनैपनि जर्मस् अर्थात भाइरसको आतंकका कारण धेरै डराउनु हुन्छ । एक्सलियर र वनपोल भन्ने संस्थाले गरेको भर्खरैको सर्वेक्षणबाट तीन मध्ये दुई जना अमेरिकीमा ‘जर्मफोब’ भएको पाइयो ।

सर्वेक्षणमा सहभागी लगभग ६९ प्रतिशतले आफूहरु रोक लाग्नबाट बच्नका लागि सजगता अपनाउने गरेको पाएको बताए । सर्वेमा उनीहरुले मास्क र पञ्जा लगाउने र पटक–पटक हात धुने गरेको पाइयो ।

सर्वेमा लगभग ६८ प्रतिशतले त स्वास्थ्य सजगतालाई उच्च प्राथमिकता दिएको बताए । त्यसैगरि ६२ प्रतिशतले आफ्नो व्यक्तिगत सरसफाईको कोरोना कालमा बसेको आदत भविष्यका लागि साह्रै फाइदाकारी भएको बताए । उनीहरुले त्यसका लागि कोरोनालाई धन्यवाद पनि दिए ।

यो सर्वेको रिपोर्ट बुधबार सार्वजनिक गरिएको थिया । लगभग ८८ प्रतिशत उत्तर दिनेहरुले अब स्वास्थ्य प्रतिको सजगता महत्वपूर्ण भएको बताए । त्यसैगरि ५७ प्रतिशत मानिसले आफूहरुले आफ्नै शरीरप्रति कत्ति धेरै बेवास्ता गरिँदो रहेछ भनेर पछुतो समेत गरे ।

सर्वेक्षणमा एक्सलियरका डा. लोन जोन्सले नाकबाट श्वास सम्बन्धी समस्या शुरुवात हुने भएकाले नाक सफा राख्न महत्वपूर्ण रहेको बताए । जोन्सले आफ्नो स्वास्थ्य राम्रो राख्न चाहनेले आफ्नो नाकको हेरचाह गर्न शुरु गर्नुपर्ने बताए । कम्पनीका सीइओ नाथन जोन्सले पनि उनको सुझाबमा सहमति जनाएका थिए । उनले नाकको सरसफाईले मानिसको आधी रोगहरु हुनबाट रोक्न सकिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: