यौनको लत रोग कि हर्मोनको असर ? अनुसन्धानको यस्तो चकित पार्ने रिपोर्ट « Nagarik Khabar

यौनको लत रोग कि हर्मोनको असर ? अनुसन्धानको यस्तो चकित पार्ने रिपोर्ट



एजेन्सी । के यौन अर्थात सेक्सको लतलाई रोगको रुपमा लिनु पर्दछ ? एक अनुसन्धानमा सेक्सको लत वास्तविक एक रोग होकी ‘लब हर्मान’ अक्सिटोसिनको उच्च स्तरको कारण हो भन्ने बारेमा रिपोर्ट सार्वजनिक भएको छ । यद्दपी विज्ञहरुले यसको परिणामहरुलाई भने स्वीकार गरेका छैनन् । उनीहरुले सेक्सको लत बिरामी नभई कमजोरी भएको बताएका छन् । त्यसोत सेक्सको एडिक्सन भएका पुरुषको स्थिति हाइपरसेक्सुअल डिसअडरका रुपमा पनि लिने गरिन्छ ।

डेली मेलमा छापिएको खबरका अनुसार अनुसन्धानका बेला सेक्स एडिक्सनबाट पीडित र सामान्य पुरुषको रगत जाँच गरिएको थियो । वैज्ञानिकहरुले सेक्स एडिक्सन पुरुषहरुमा अक्सिटोसिनको स्तर सामान्य मानिसको तुलनामा धेरै पाइयो । अनुसन्धानकर्ताहरुले सेक्स एडिक्सन पूर्ण रुपमा एक शारीरिक अवस्था भएको बताएका छन् । यसमा रहेका व्यक्तिबाट कुनै पनि प्रकारको गल्ती हुन्न र उनीहरुलाई कुनै दोष दिन आवश्यक पनि नभएको बताइएको छ ।

यस अनुसन्धानका बारेमा डाक्टर म्याक्स पेमबर्टोनको तर्क फरक छ । सेक्स एडिक्सनलाई मेडिकल कण्डिसन मानिन थाले बलात्कारी चिकित्सीय आधारमा सजिलै छुट्न सक्ने उनको तर्क छ । त्यसैगरि अनुसन्धानमा सहभागी वैज्ञानिकहरुले यस्तो औषधिको विकास गर्न सकिने बताएका छन् कि मानिसको हाइपर सेक्सुअल डिसअडर भएका मानिसहरुको अक्सिटोसिनलाई ब्लक गर्न मद्दत मिल्दछ ।
पेम्बर्टोनका अनुसार हाइ अक्सिटोसिन सेक्स एडिक्सनसँग जोडिएको हुने तर सिधै यसको कारणबाट भने नहुने हुन्छ । त्यसकारण जो मानिस धेरै सेक्स गर्दछ, उसमा यसको स्तर बढ्न भने सम्भव भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: