नेपालको किरात र भारतको कीरत तथा कीरतपुर फरक हुन् « Nagarik Khabar

नेपालको किरात र भारतको कीरत तथा कीरतपुर फरक हुन्



  • प्रेम येक्तेन

नेपालका किरात को हुन ? नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश २०७५ अनुसार, किरात, प्रचीन नेपालमा शासन गर्ने एक राजवंशको इतिहास भएको नेपालको राजनीतिक इतिहासमा प्रशिद्ध माझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा बसोवास गर्ने एक प्रचीन समुदाय लिम्बू, राई अदि हुन् ।

बाबुराम आचार्यका अनुसार किरात एक आदिम् समुदाय वा वर्तमान नेपालको मूलनिवासीहरू हुन् । प्रेमबहादुर माबोहाङ, भुपेन्द्र ढुंगेल र इमानसिं चेम्जोङ्का अनुसार किरातभित्र लिम्बू, राई, याक्खा, सुनुवार साथै नेपालका धेरै आदिवासीहरू पर्दछन् ।

माथि उल्लेख भएका बाहेक अरु थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक दस्तावेजहरूमा नेपालका किरातहरूको बारेमा प्रशस्तै वर्णन पाइन्छन् । तीनै ऐतिहासिक पृष्टभूमिको आधारमा नेपालको राजनीतिक विकासक्रममा सन् १९९०को दशकसम्म आइपुग्दा आफूलाई गौरबकासाथ किरातभित्रका हामी हौँ भन्ने नेपालका प्रमुख आदिवासीहरु लिम्बू, राई, सुनुवार र याक्खा रहे । त्यसैले, उनीहरुले आफ्नो सामुदायिक साझा प्रतिनिधिमूलक आदिवासी संगठनहरु किरात शब्दलाई अगाडि राखी निर्माण गरे ।

जस्तै लिम्बूले किरात याक्थुङ चुम्लुङ, राईले किरात राई यायोक्खा, याक्खाले किरात याक्खा छुम्मा आदि । अहिले सन् २०२२ सम्म आइपुग्दा आफूलाई किरातभित्रको समुदाय हौँ भनि औपचारिक रुपमा स्वीकार्ने थप चारवटा समुदायहरु भएका छन् । ती थामी, हायु, सुरेल र जिरेल हुन् ।

यी समुदायहरु सबैको आ–आफ्नै भाषाहरु भएता पनि ती सबैले ऐतिहासिक रुपमा लिम्बू भाषामा प्रयोग भइरहेको किरात सिरिजङ्गा लिपिलाई आ–आफ्नो लिपिको रुपमा प्रयोग गर्ने निर्णय गरिसकेका छन् ।

यसरी, नेपालमा प्राचीन किरात वंशको अपनत्वमा भइरहेको वृद्धिकै बीचमा किरातभित्रको एक प्रमुख समुदाय लिम्बूभित्र किरात शब्द, इतिहास र अपनत्वमा केही आलोचनात्मक प्रश्नहरु उठ्न प्रारम्भ भएको छ ।

यसैक्रममा केहिसमय अगाडिदेखि सामाजिक सञ्जालहरुमा लिम्बू समुदायभित्रका केही सामाजि तथा धार्मिक पक्षधर, बुद्धिजीवि, पत्रकार समेतले भारतको पञ्जाबबाट प्रारम्भ भएको सिख धर्मको धार्मिक दर्शन ‘कीरत/कीर्त करो’सँग मूलरुपमा जोडिएर निर्माण भएका कीरत समाज, कीरत प्रवचन, कीरत भजन, कीरत नाम, कीरतुर भन्ने स्थानका नामहरु लेखनको लागि हिन्दिकृत रोमन लिपिमा प्रायोग भएका Kirat, Kiratpur जस्ता शब्दहरुलाई नेपालको इतिहासमा उल्लेखित किरात शब्दको समानार्थी शब्द हो कि भन्ने गरी प्रस्तुत गर्दै आएका छन् ।

यसले किरात शब्दमा एउटा अष्पष्टता वा भ्रम निश्चित रुपमा सिर्जना गरेको छ । तर यसको उत्तर समाजमा अहिलेसम्म बाहिर आएको छैन ।

अझ यो शब्दलाई सिख धर्मीक पवित्रस्थल Kiratpur Sahib (कीरतपुर साहिब), सिख धर्मकै सिद्धान्तअनुसारको प्रवचन, भजन, गीतलगायत व्यक्तिको नाम तथा टाइटलहरुमा प्रयोग भएको प्ष्चबत (कीरत/कीर्त)को प्रशंग उठाउदै सिधैँ सिख धार्मिक पञ्जाबी वंशसँग नेपालको किरातहरुको वंशीय सम्बन्ध जोडिन्छ त भन्ने प्रश्न पनि उठाइएको छ । यी अष्पष्टताहरुले लिम्बूहरु किरात हुन् भन्नुमा आफ्नो पनि अष्पष्टता भएको आशय पनि व्यक्त हुँदै आएका छन् । यी कर्त र प्रश्नहरुको प्रमाणको रुपमा सामाजि सञ्जालमा भारतको सिख धर्मसँग सम्बन्धित Kirat, Kiratpur आदि लेखिएका विभिन्न नाम, स्थान, कम्पनी आदिका फोटोहरु पेस गरिएका छन् ।

किरात भित्रको लिम्बू समाजमा उठेको यो प्रश्न एउटा गम्भीर प्रश्न हो । यस विषयमा थप अध्ययन गर्दा मूलत सिख धार्मिक आस्थाको आधारमा प्रचलित Kirat (कीरत/कीर्त), Kiratpur (कीरतपुर) शब्द र यिनीहरुको नेपालका आदिवासी वा भूमिपुत्र किरातभित्रका लिम्बू, राई, सुनुवार, याक्खा, जीरेल, सुरेल, हायु, थामि आदिसँग सम्बन्ध नभएको पाइन्छ ।

ती शब्दहरुको भारतको सिख धार्मिक सन्दर्भमा फरक अर्थले प्रयोग भएका हुन् । तसर्थ, यसलाई नेपालको इतिहासदेखि दर्ज भएर आएको किरातको सन्दर्भ, अर्थ, इतिहास र वंशसँग नजोडीने पुष्टि गर्दछ । जुन कुराहरु तथ्यगतरुपमा समाजमा प्रस्तुत गर्नु यो लेखको उद्देश्य हो ।

सिख धार्मिक आस्थामा कीरत/कीर्त (Kirat) के हो ?
कीरत/कीर्त कर्नि (Kirat Karnī) वा कीरत/कीर्त करो (Kirat Karō) वा कीरत/कीर्त कर (Kirat Kar) भन्ने, सिख धार्मिक दर्शनको एक प्रमुख सिद्धान्त हो ।

यसको जगमा भारतको पञ्जाव, महाराष्ट्र, हरियाना, बम्बइ, यूपी लगायत धेरै स्थानमा ब्यानर, सामाजिक संस्था, मान्छेका नाम, व्यापारिक लोगो तथा संस्था, भजन, गीत आदि बनेका छन् । सिख धर्ममा कीरत/कीर्त कर्नि (Kirat Karnī) वा कीरत/किर्त करो (Kirat Karō) वा कीरत/कीर्त कर (Kirat Kar)को अर्थ इमान्दार आर्जन हो ।

अथवा, कुनै कुरा आर्जन गर्न कडा मेहनत वा परिश्रम गर्नु पर्छ भन्ने हो । साथै, मानिसले जीवनमा सफलता, नाम र दाम कमाउन कडा मेहनेत र परिश्रम गर्नु पर्छ । परिश्रमको फल मात्र उपभोग गर्नुपर्छ । छलकपट, चोरी, डकैटी र बद्मासीबाट आर्जन नगर्नु भन्ने हो । यो कुराको बारेमा थप जानकारी लिन सिख प्रवचनहरू र सिखबादका तीन प्रमुख सिद्धान्तको सारांश अध्ययन गरे पर्याप्त हुन्छ ।

प्रेम येक्तेन
किरात याक्थुङ चुम्लुङ, केन्द्रीय उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: