रुमाली रोटीले शरीरमा यस्तो असर « Nagarik Khabar

रुमाली रोटीले शरीरमा यस्तो असर



एजेन्सी । रुमाली रोटी आजभोलि नेपालीहरुका हरेक भोजमा बेग्लै परिकारका रुपमा पस्किइने गरिएको छ । यो रोटी बनाउनका लागि मैदाको प्रयोग भएको हुन्छ । धेरै मानिस स्वादका लागि यसलाई मन पराउने गरेका छन् । तर यो स्वास्थ्यका लागि कति धेरै हानीकारक छ भन्ने ख्याल भने गरेका हुन्नन् ।

मैदाले बनेका खानेकुरा लामो समयसम्म हाम्रो पेटमा अघाएको महशुस गराउने हुन्छ । मैदा पचाउनका लागि शरीरमा रहेको न्यूट्रिएन्टस्को प्रयोग गर्दछ । समाचार स्रोकका अनुसार बेन्जोएल पेरोक्साइड शरीरलाई हानी गर्ने एक हानीकारक रसायन हो ।

यसको अधिक सेवनले बच्चा र गर्भवती महिलाहरुका लागि धेरै नै हानीकारक मानिन्छ । त्यसकारण मैदाले बनेको रुमाली रोटीको सेवन कम गर्न स्वास्थ्यकर्मीहरु सल्लाह दिन्छन् । यसले कब्जियत हुने समस्यालाई बल मिल्ने पनि बताइन्छ ।

मैदा खाँदा धेरै प्रकारका असर हुने बताइएको छ । सबैभन्दा पहिलो असर हाम्रो हड्डीमा पर्छ । मैदाले हाम्रो हड्डी कमजोर बनाउँछ । मैदा तयार गर्दा गहुँमा भएको प्रोटिन निकालिन्छ । त्यसैकारण यो एसिडिक बन्दछ र हड्डीमा भएको क्याल्सियमलाई गलाउने र कमजोर पार्ने गर्दछ । यसका साथै धेरै मैदाले बनेका परिकार खाँदा मधुमेहको खतरा हुने र पाचनमा समस्या पैदा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: