काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले फागुन ६ गते दिनको १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।
बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।