काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदहरुले नारा जुलुस गर्दै संसद अवरोध गरेका छन् ।
संसदको शुक्रबार बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन ।
प्रतिनिधिसभाको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए ।
तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको हो ।