कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले नजाने « Nagarik Khabar

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले नजाने



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आज बिहान साढे ११ बजेका सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो । संसद्मा प्रस्तुन गर्ने कार्यसूची तय गर्न कार्यव्यवस्था बैठक राख्ने गरिएको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आजको कार्यव्यवस्था समितिको बैठकमा पनि नजाने भएको छ ।

आफूले कारबाही गरेको माधवकुमार नेपालसहित १४ सांसद्लाई पदबाट हटाइएको सूचना टाँस नगरेको भन्दै एमाले सभामुख सापकोटाप्रति रुष्ट छ । यसैको विरोधमा भदौयता प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: