एमसीसी टेबल गरेर फागुन १२ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित « Nagarik Khabar

एमसीसी टेबल गरेर फागुन १२ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । आजको बैठकमा एमसीसी सम्झौता टेबल भएको छ ।

एमसीसी सम्झौता अनुमोदनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

संसदमा एमसीसी सम्झौता पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि उठेर नाराबाजी गरेका थिए ।

एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको हो । अर्को बैठक फागुन १२ गते विहिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: